-
-
-
-
-
-
-
-
-
ऋण
तोकिएको समयमा ऋणको किस्ता तथा ब्याज तिर्ने सदस्यहरुलाई तिर्नुपर्ने ब्याजमा ३ - ५ प्रतिशत सम्म छुट उपलब्ध हुने
-
Welcome To RKSCCL
“नियमित बचत गर्ने बानी बसालौं, सुखी र समृद्ध बनौं ।”
2082/09/30 ( Unrefined)
राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी मूल्य मान्यता र सिद्धान्तमा आधारीत रही समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सदस्यहरुको वित्तीय चाहना पुरा गर्ने उद्धेश्यले काठमाडौँ महानगरपालिका १५ र १६ वडा, नागार्जुन नगरपालिका १,२,३,४ र ५ वडा र तारकेश्वर नगरपालिका ४ र ५ वडा कार्यक्षेत्र समेटी मिति २०६५ श्रावन २ गते बाट सञ्चालित यस क्षेत्रको अग्रणी सहकारी संस्था हो। सहकारीले मिति २०६७ सालमा चमती जग्गा एकीकरण आयोजना क्षेत्र भित्र जग्गा खरीद गरी आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवाहरु प्रदान गरी आएको छ । सदस्यहरुबाट प्राप्त मार्गदर्शनलाई शिरोधार्य गर्दै कार्य गर्दै जाँदा संस्थाको स्थापनाको छोटो अबधीमा हामीले नविनतम प्रबिधीलाइ ग्रहण गर्दै कार्य प्रणालीमा सुधार गरेका छौं । साथै, विभिन्न क्षेत्रको ज्ञान भएका संचालक तथा अन्य उप समितीका सदस्यहरुको संस्थामा रहेको क्रियाशीलता विकास तथा बिस्तार, दक्ष कर्मचारीको भर्ना तथा निजहरुलाई संस्थामा रहीरहने बाताबरण सिर्जना गरेका छौं ।
Message From The Chairperson
Mr. Suresh Babu Amgai
Chairperson
२०५६ सालमा दर्ता भई वनस्थलीस्थित आफ्नै भवनबाट सञ्चालन भइरहेको यस संस्थाले सहकारीका मूल्य, मान्यता र ऐन–कानुनअनुसार सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानमा निरन्तर काम गर्दै आएको छ। नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका तथा काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ सम्म कार्यक्षेत्र फैलिएको संस्था सुशासन, पारदर्शिता र सदस्यहरूको विश्वासप्रति प्रतिबद्ध रही भविष्यमा अझ सुरक्षित, सुदृढ र विश्वसनीय बन्ने लक्ष्यमा अघि बढिरहेको छ।
Commitment From The CEO
सेचन रेग्मी
प्रमुख कार्यकारी अधिकृत
यस क्षेत्रकै अग्रणी राधेकृष्ण–बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था, संस्थाका सदस्यहरु, कार्यरत कर्मचारीहरु लगायत सम्बन्धित समुदायको सर्वोपरी हित, संरक्षण, संवर्द्धन र विकासका निमित्त संस्थाको व्यवस्थापन प्रमुखको जिम्मेवारी प्रदान गरी संस्थाका तर्फबाट सेवा गर्ने अवसर प्रदान गरेकोमा गौरव गर्दछौं ।