Message from The CEO
Sechan Regmi
प्रमुख कार्यकारी अधिकृत
प्रतिवद्वता –प्रमुख कार्यकारी अधिकृत, सेचन रेग्मी
यस क्षेत्रकै अग्रणी राधेकृष्ण–बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था, संस्थाका सदस्यहरु, कार्यरत कर्मचारीहरु लगायत सम्वद्ध समुदायको सर्वोपरी हित, संरक्षण, सम्वद्र्धन र बिकासका निमित्त संस्थाको व्यबस्थापन प्रमुखको जिम्मेवारी प्रदान गरी संस्थाका तर्फबाट सेवा गर्ने अवसर प्रदान गरेकोमा गौरव गर्दछौं ।
२५ जना उत्साही युवाहरुको अठोटका कारण शुरुवाती सानो पूंजीबाट मिति २०६५ श्रावण २ गते स्थापना भएको यस संस्थाले आफ्नो कार्यक्षेत्र भित्र उत्कृष्टताको पहिचान बनाईसकेको छ । आर्थिक तथा अन्य बिबिध क्षेत्रमा विज्ञता र बिशेषज्ञता हासिल गरेका सदस्यहरुको सुझाव सहयोग र सकृयता संस्थाको लागि अविस्मरणीय छ । बिगतका दिनहरुमा जस्तै संस्थाबाट आयोजना हुने बिभिन्न जीवनोपयोगि आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य सम्बन्धित सचेतनामूलक बिबिध कार्यक्रमहरुमा सामुहिक तथा सामुदायिक आवद्धताको जगमा बिस्तार तथा बिकास हुंदै हामी सफलतापूर्वक यस अवस्थामा आईपुगेका हौं र सफल छौं । त्यस प्रकारका बिबिध कृयाकलापहरुलाई निरन्तरता दिंदै आधुनिक सूचना प्रबिधिको प्रयोगका माध्यमबाट संस्थाका स्विकृत लक्ष्यहरुको प्राप्ती तथा सदस्यहरुको आर्थिक सम्बृद्धिका लागि सदैव जुटिरहने संकल्प गर्दछौं ।