Brief History
राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी मूल्य मान्यता र सिद्धान्तमा आधारीत रही समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सदस्यहरुको वित्तीय चाहना पुरा गर्ने उद्धेश्यले काठमाडौँ महानगरपालिका १५ र १६ वडा, नागार्जुन नगरपालिका १,२,३,४ र ५ वडा र तारकेश्वर नगरपालिका ४ र ५ वडा कार्यक्षेत्र समेटी मिति २०६५ श्रावन २ गते बाट सञ्चालित यस क्षेत्रको अग्रणी सहकारी संस्था हो । सहकारीले मिति २०६७ सालमा चमती जग्गा एकीकरण आयोजना क्षेत्र भित्र जग्गा खरीद गरी आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवाहरु प्रदान गरी आएको छ । सदस्यहरुबाट प्राप्त मार्गदर्शनलाई शिरोधार्य गर्दै कार्य गर्दै जाँदा संस्थाको स्थापनाको छोटो अबधीमा हामीले नविनतम प्रबिधीलाइ ग्रहण गर्दै कार्य प्रणालीमा सुधार गरेका छौं । साथै, विभिन्न क्षेत्रको ज्ञान भएका संचालक तथा अन्य उप-समितीका सदस्यहरुको संस्थामा रहेको क्रियाशीलता विकास तथा बिस्तार, दक्ष कर्मचारीको भर्ना तथा निजहरुलाई संस्थामा रहीरहने बाताबरण सिर्जना गरेका छौं ।
संस्थाले आफ्नो स्थापनाकालदेखि नै बचत तथा ऋणको सुरक्षित ब्यबस्थापनको साथै सदस्यहरुको आर्थिक र सामाजिक जीवनस्तर बिकासका लागि बिगतका वर्षहरुमा सञ्चालित स्वास्थ्य शिविर, रक्तदान, सरसफाई, तनाव ब्यबस्थापन तालीम, योग शिविर, तीज पर्व बिशेष कार्यक्रम, वाताबरण तथा स्वास्थ्य लक्षित जनचेतनामूलक कार्यक्रम तथा अन्य सामाजिक क्रियाकलापहरुबाट धेरै अनुभव प्राप्त गरिसकेको छ । आगामी दिनमा समुदाय लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिबद्दता व्यक्त गर्दै सम्पुर्ण महानुभाबहरुबाट प्राप्त हुने सुझाब हाम्रा लागि मार्गदर्शन हुनेछन । यो छोटो अवधिमा नै एउटा अग्रणी सहकारी संस्थाको रुपमा विश्वसनिय एंव गुणस्तरीय सेवा मार्फत सामाजिक हितमा समर्पित रहनपाउनुलाई संस्थाले सुर्वण अवसरको रुपमा ग्रहण गरेको छ र सदा ग्रहण गर्नेछ ।