Radhe-Krishna Saving & Credit Co-Operative Ltd.

ऋणका प्रकारहरु

ब्यावसायिक ऋण

-क_ कृषि तथा पशुपालन

  • अधिकतम ५ वर्ष सम्मका लागि संस्थागत ऋण रकम उपलब्ध हुने ।
  • अन्य ऋण योजनाहरुको तुलनामा सस्तो ब्याजदर ।
  • अचल सम्पत्ति धितोको मुल्यांकनका आधारमा नियमानुसार ऋण रकम उपलब्ध हुने ।
  • संस्थाको कर चुक्ता प्रमाण पत्र, दर्ता प्रमाण पत्र, पान नम्बर र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने ।

-ख_ उद्योग तथा सेवा

  • अधिकतम ७ वर्ष सम्मका लागि संस्थागत ऋण रकम उपलब्ध हुने ।
  • अचल सम्पत्ति धितोको मुल्यांकनका आधारमा नियमानुसार ऋण रकम उपलब्ध हुने ।
  • संस्थाको कर चुक्ता प्रमाण पत्र, दर्ता प्रमाण पत्र, पान नम्बर र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने ।

जग्गा खरिद तथा घर निर्माण ऋण

  • अधिकतम ७ वर्ष सम्मका लागि संस्थागत ऋण रकम उपलब्ध हुने ।
  • अचल सम्पत्ति धितोको मुल्यांकनका आधारमा नियमानुसार ऋण रकम उपलब्ध हुने ।

आकस्मिक ऋण

  • संस्थाको सदस्यता प्राप्त गरेको १ वर्ष पुरा भएको अवस्थामा शेयर वापतको रकमको दोब्बर रकमसम्म १ वर्षका लागि नियमानुसार ऋण रकम प्रदान गरिने ।
  • ऋण रकम वापत रु २ लाख सम्म मात्र प्रदान गरिने तर शेयर रकम वापतको रकम २ लाख भन्दा बढि भएमा शेयर पूजी बराबरको रकम ऋण वापत उपलब्ध गराउन मिल्ने ।

ब्याबसायिक ( Revolving) ऋण

  • ब्याबसायिक परियोजना र अचल सम्पत्ति धितोको मुल्यांकनका आधारमा नियमानुसार ऋण रकमको सिमा  स्विकृत हुने ।
  • स्विकृत सिमाको न्युनतम ५० प्रतिशत सम्मको रकम उपभोग गरेको हुनपर्ने ।
  • स्विकृत सिमाको सम्पूर्ण रकम उपभोग गर्न मिल्ने ।
  • ऋणको भुक्तानी अवधि १ वर्षसम्मको मात्र हुने ।
  • मासिक ब्याज भुक्तानी भएको अवस्थामा नविकरण शुल्क ०.५० प्रतिशत मात्र कायम हुने ।

हायर पर्चेज ऋण

  • अधिकतम ५ वर्ष सम्मका लागि ऋण रकम उपलब्ध हुने ।
  • सवारी खरिद मुल्यको ४० प्रतिशतले हुने रकमसम्म मात्र उपलब्ध हुने ।
  • सम्बन्धित सवारी साधन धितो वापत संस्थाको नाममा नामसारी हुने । 

शैक्षिक ऋण

  • अधिकतम ५ वर्ष सम्मका लागि ऋण रकम उपलब्ध हुने ।
  • संस्थाको सदस्यको एकाघर परिवारको सदस्यलाई स्वदेश वा बिदेशमा उच्च शिक्षा अध्ययनका निमित्त लाग्ने रकमको ५० प्रतिशतले हुने रकमसम्मको ऋण रकम स्विकृत हुने ।
  • ऋण रकम स्विकृतीको लागि सम्बन्धित संस्थाबाट कूल लाग्ने शुल्कको बिस्तृत बिबरण र भर्नाको लागि प्रतिवद्धता पत्र प्राप्त गरी संलग्न गर्नुपर्ने ।

वचत धितो ऋण

  • वाल वचत, क्रमिक वचत र आवधिक वचतमा जम्मा रहेको सदस्यको रकमको ९० प्रतिशतले हुनेसम्मको  रकम ऋण वापत उपलब्ध हुने ।
  • सदस्यको सम्बन्धित वचतमा तत्काल प्रदान गरिएको ब्याजदरमा थप २ प्रतिशत ब्याजदर कायम हुने । 

ऋण प्राप्ती र भुक्तानी सम्बन्धित न्युनतम शर्तहरु

  • ऋण प्राप्त गर्नको लागि संस्थाको सदस्य भएको कम्तीमा ३ महिना पुरा भएको हुनपर्ने ।
  • तोकिएको किस्ता तिर्न पुग्ने आम्दानीको श्रोत खुल्ने कागजातहरु संलग्न हुनपर्ने ।
  • संस्थाको शेयर वापत न्युनतम रकम रु ५,०००।– -पांच हजार मात्र_ जम्मा रहेको हुनपर्ने । 
  • तोकिएका अन्य कागजातहरु संलग्न हुनपर्ने ।
  • ऋण योजनाहरुका ब्याजदरहरु बजार प्रतिस्पर्धा र तरलताका आधारमा परिवर्तन हुनसक्ने । 
  • ऋण रकम वापत मासिक ब्याज भुक्तानी तथा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक सावां भुक्तानीको ब्यबस्था रहेको ।
  • अनिवार्य बचत नियमित रुपमा जम्मा गरेको हुनपर्ने ।