artsf k|sf/x?
अनिवार्य बचत
- मासिक न्युनतम रु २००।– र अधिकतम जतिसुकै रकम जम्मा गर्न सकिने ।
- एक आर्थिक वर्षको रकम अग्रिम जम्मा गर्न मिल्ने ।
- एक आर्थिक वर्षको न्युनतम रकम जम्मा नगर्ने सदस्यहरुलाई आगामी आर्थिक वर्षका लागि निष्कृय सदस्यको रुपमा राखिने र साधारण सभामा गणपुरक संख्यामा गणना नगरिने साथै , संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त हुने नियमानुसारको रकम प्रदान नगरिने ।
साधारण बचत
- न्युनतम रु १,०००।–(एक हजार मात्र) खातामा रहने ।
- रकम राख्न र झिक्न सिमा बन्देज नरहने तर रु १० लाख वा सो भन्दा बढि रकम भुक्तानीका लागि एक दिन अगावै सूचना गर्नुपर्ने ।
संस्थागत बचत
- नियमानुसार तोकिएका संस्थाहरुको खाता खोल्न मिल्ने ।
- न्युनतम रु १,०००।–(एक हजार मात्र) खातामा रहने ।
- रकम राख्न र झिक्न सिमा बन्देज नरहने तर रु १० लाख वा सो भन्दा बढि रकम भुक्तानीका लागि एक दिन अगावै सूचना गर्नुपर्ने ।
वालवालिका खुत्रुके बचत
- न्युनतम रु १००।– जम्मा गरी तोकिएबमोजिमको अवधिको लागि नावालिगहरुको खाता खोल्न मिल्ने ।
- क्रमिक रुपमा बचत गर्न मिल्ने ।
- बचतकर्ताहरुको घरदैलोमा सेवा प्रदान गरिने ।
- न्युनतम रु ५,०००।– मौज्दात पुगेपश्चात बालबालिकाहरुको जन्मदिनको अवसरमा केक खरिद गर्न वापत रु ३५०।– उपलब्ध हुने ।
- जम्मा रकमको ९० प्रतिशतसम्म हुने रकम अभिभावकलाई नियमानुसार ऋण प्रदान गर्न मिल्ने ।
- खातावाला नावालिग वालिग भैनसकेको अवस्थामा रकम भुक्तानी गर्नुपर्ने भएमा अभिभाबकले संस्थाको सदस्यता लिई खाता खोल्नुपर्ने र सो खाता मार्फत मात्र रकम भुक्तानी हुने ।
क्रमिक बचत
- तोकिए बमोजिमको अवधिको लागि क्रमिक रुपमा रकम जम्मा गर्न मिल्ने ।
- बचतकर्ताहरुको घरदैलोमा सेवा प्रदान गरिने ।
- यस खातामा रहेको रकम अग्रिम भुक्तानी लिन चाहेमा जम्मा भएको ब्याज रकमको ९० प्रतिशत रकम मात्र भुक्तानी हुने ।
- जम्मा रकमको ९० प्रतिशतसम्म हुने रकम नियमानुसार ऋण प्रदान गर्न मिल्ने ।
आवधिक बचत
- ३ देखि ६ महिना र १ वर्षको लागि जतिसुकै रकम जम्मा गर्न मिल्ने ।
- सदस्यहरुको अनुरोध बमोजिम मासिक तथा त्रैमासिक रुपमा ब्याज रकम प्रदान गरिने ।
बचत सम्बन्धित न्युनतम शर्तहरु
- सम्पूर्ण वचत योजनाहरुको दैनिक मौज्दातमा ब्याज प्रदान गरिने
- आवधिक वचतमा तोकिए बाहेक सम्पूर्ण वचत योजनाहरुमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
- बचत योजनाहरुका ब्याजदरहरु बजार प्रतिस्पर्धा र तरलताका आधारमा परिवर्तन हुनसक्ने ।