Message from The Chair Person

Rameshwar Sharma Aryal
Chair Person
डिभीजन सहकारी कार्यालय काठमाडौंको द नं १७३८।०६५।०६६ बाट मिति २०६५।४।२ मा दर्ता भै हाल काठमाडौं महानगरपालिका–१६,बनस्थली स्थित आफ्नै भवनबाट कारोवार गर्दै गरेको यो संस्थाले १३ बर्षको आरोह अवरोह पार गरिसकेको छ । यो सहकारी, सहकारीका मूल्य– मान्यता , सिद्धान्त, प्रचलित कानूून यवं नेपाल सरकार सहकारी बिभागको बेला बखतको निर्देशन समेतलाई अवलम्बन गरि बिशुद्ध सामुहिक भावनाबाट परिचालित छ ।
१३ औं साधारण सभाबाट सर्वसम्मत निर्वाचित भै गठित संचालक समिति उप समितिमा वित्तीय साथै सहकारी क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरु समाहित हुनुहुन्छ । झण्डै बिगत ३ बर्षदेखि विश्वभर फैलिएको कोभिड– १९ को महामारीले नेपालको वित्तीय क्षेत्रमा पनि मन्दीको अवस्था रहेबाट हाम्रो संस्था समेत अछुतो रहने कुरा भएन । अघिल्लो बर्ष पनि कोभिडको कारणबाट कर्जा लगानीमा संकुचन आउँदा तरलता बढि भएको र संस्थाले ऋण रकमको ब्याज अशुलि गर्दा कोभिडले समस्या पारेका क्षेत्रमा केहि प्रतिशत ब्याज मिनाह समेत दिई सहुलियत दिएबाट लक्षित नाफा समेत आर्जन गर्न नसकिएको अवस्था हो । यो अवस्थामा सुधार हुनुको साटो हाल रुस र युक्रेन युद्दले ईन्धन समस्या भै संसारभर उर्जा संकट र यसको ठाडो असर विश्वमा र नेपालमा पनि अत्यधिक मूल्य बृद्धि र बित्तीय क्षेत्रमा समेत नकारात्मक असर देखिएको छ । वीत्तिय क्षेत्रमा गत कोभिड–१९ को समयमा लगानीको बातावरण राम्रो नभएकाले तरलता बढि थियो भने अहिले आएर तरताको अभावमा लगानी गर्न सकिएको छैन ।यसै कुरालाई मनन गरि समयमा कर्जाको सावा ब्याज, किस्ता तिर्नेहरुलाई ब्याजमा केहि प्रतिशत छुटको समेत ब्यबस्था गरिएको छ र निक्ष्ोपमा समेत केहि नयाँ प्रडक्टहरु थप गर्ने सोचाई रहेको छ । हाल बजारमा संस्थागत तथा पारदर्शी रुपमा संचालन नभएका केहि सहकारी संस्थाहरु समस्याग्रस्त देखिएता पनि संस्थागत र पारदर्शी रुपमा संचालित सहकारी संस्थाहरुमा ठुलो समस्या देखिएको छैन ।
हाम्रो सहकारी संस्था पूर्णरुपमा संस्थागत र पारदर्शी रुपमा संचालन भैरहेको, सदस्यहरुको संस्था प्रतिको अगाध माया र बिश्वास, संचालकहरुको निष्ठा र कर्मचारीहरुको मेहनतले आजका दिनसम्म मजबुत र व्यवस्थित छ । हाम्रो सहकरीको मुख्य मुख्य सूचकहरु मसिक रुपमा प्रकाशित छ । सूचकहरुको आधारमा पनि संपूर्ण सदस्यहरुलाई यस सहकारी संस्थामा निर्धक्कभै कारोवार गर्न म अनुरोध गर्दछु । संस्थालाई अझ ब्यवस्थित रुपमा संचालनका लागि ४ बर्षे रणनीतिक योजना -२०७८ देखी २०८२_ पारित गरि कार्य गदैृ आएकाछौं । यहाँहरुकै सुझावलाई मनन गरि यस अगाडी संचालित खरिबोट केन्द्रले सोंचे अनुरुप कारोवार गर्न नसकेका कारणबाट यसलाई माथि रानिवन प्लानिङ्गमा स्थानान्तरण गरेर रानिवन केन्द्रको नाममा कारोवार संचालन हँुदै आएको छ । हामिले हाम्रा सदस्यहरुको हितलाई ध्यान राख्दै बिभिन्न उपयोगी तालिम र समाजका लागि सामाजिक उत्तरदायीत्वको कार्य समेत गदै आएका छांै । यसरिनै उचित सल्लाहा र सुझावको अधारमा आगामि दिनमा समेत यहाँहरुको साथ, सहयोग रहे अझ बढि सुदृढ सहकारी निर्माण हुनेमा विश्वास दिलाउन चाहान्छु । जय सहकारी ।
धन्यबाद ।
रामेश्वर शर्मा अर्याल
अध्यक्ष