Radhe-Krishna Saving & Credit Co-Operative Ltd.

artsf k|sf/x?

अनिवार्य बचत

  • मासिक न्युनतम रु २००।– र अधिकतम जतिसुकै रकम जम्मा गर्न सकिने ।
  • एक आर्थिक वर्षको रकम अग्रिम जम्मा गर्न मिल्ने ।
  • एक आर्थिक वर्षको न्युनतम रकम जम्मा नगर्ने सदस्यहरुलाई आगामी आर्थिक वर्षका लागि निष्कृय सदस्यको रुपमा राखिने र साधारण सभामा गणपुरक संख्यामा गणना नगरिने साथै , संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त हुने नियमानुसारको रकम प्रदान नगरिने ।

साधारण बचत

  • न्युनतम रु १,०००।–(एक हजार मात्र) खातामा रहने ।
  • रकम राख्न र झिक्न सिमा बन्देज नरहने तर रु १० लाख वा सो भन्दा बढि रकम भुक्तानीका लागि एक दिन अगावै सूचना गर्नुपर्ने ।

संस्थागत बचत

  • नियमानुसार तोकिएका संस्थाहरुको खाता खोल्न मिल्ने ।
  • न्युनतम रु १,०००।–(एक हजार मात्र) खातामा रहने ।
  • रकम राख्न र झिक्न सिमा बन्देज नरहने तर रु १० लाख वा सो भन्दा बढि रकम भुक्तानीका लागि एक दिन अगावै सूचना गर्नुपर्ने ।

वालवालिका खुत्रुके बचत

  • न्युनतम रु १००।– जम्मा गरी तोकिएबमोजिमको अवधिको लागि नावालिगहरुको खाता खोल्न मिल्ने ।
  • क्रमिक रुपमा बचत गर्न मिल्ने ।
  • बचतकर्ताहरुको घरदैलोमा सेवा प्रदान गरिने ।
  • न्युनतम रु ५,०००।– मौज्दात पुगेपश्चात बालबालिकाहरुको जन्मदिनको अवसरमा केक खरिद गर्न वापत रु ३५०।– उपलब्ध हुने ।
  • जम्मा रकमको ९० प्रतिशतसम्म हुने रकम अभिभावकलाई नियमानुसार ऋण प्रदान गर्न मिल्ने ।
  • खातावाला नावालिग वालिग भैनसकेको अवस्थामा रकम भुक्तानी गर्नुपर्ने भएमा अभिभाबकले संस्थाको सदस्यता लिई खाता खोल्नुपर्ने र सो खाता मार्फत मात्र रकम भुक्तानी हुने ।

क्रमिक बचत

  • तोकिए बमोजिमको अवधिको लागि क्रमिक रुपमा रकम जम्मा गर्न मिल्ने ।
  • बचतकर्ताहरुको घरदैलोमा सेवा प्रदान गरिने ।
  • यस खातामा रहेको रकम अग्रिम भुक्तानी लिन चाहेमा जम्मा भएको ब्याज रकमको ९० प्रतिशत रकम मात्र भुक्तानी हुने ।
  • जम्मा रकमको ९० प्रतिशतसम्म हुने रकम नियमानुसार ऋण प्रदान गर्न मिल्ने ।

आवधिक बचत

  • ३ देखि ६ महिना र १ वर्षको लागि जतिसुकै रकम जम्मा गर्न मिल्ने ।
  • सदस्यहरुको अनुरोध बमोजिम मासिक तथा त्रैमासिक रुपमा ब्याज रकम प्रदान गरिने ।

बचत सम्बन्धित न्युनतम शर्तहरु

  • सम्पूर्ण वचत योजनाहरुको दैनिक मौज्दातमा ब्याज प्रदान गरिने
  • आवधिक वचतमा तोकिए बाहेक सम्पूर्ण वचत योजनाहरुमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • बचत योजनाहरुका ब्याजदरहरु बजार प्रतिस्पर्धा र तरलताका आधारमा परिवर्तन हुनसक्ने ।